पोखरा । पद्म नर्सिङ होम प्रालि सोमबारदेखि नदीपुरस्थित आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । पोखराकै सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ होम यसअघि न्युरोडमा २७ वर्षदेखि संचालित थियो ।
घटस्थापना अवसर पारेर नर्सिङ होम जापानीज प्रविधिमा निर्मित आफ्नै सुविधासम्पन्न भवनमा सरेको कम्पनी अध्यक्ष इन्दिरा शर्मा सुवेदीले जानकारी दिइन् ।
अस्पतालले हाल इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरंग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, इकोकार्डियोग्राफी, इन्डोस्कोपी, फार्मेसी लगायत यस अगाडि प्रदान गर्दै आएको सेवालाई यथावत राखेको जनाएको छ । साथै मंसिरसम्म आइसियु एनआइसियु, पिआइसियु सिटी–स्क्यान, एमआरआई लगायत सेवा थप गर्ने प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिए ।
नदीपुरमा सरेसँगै ५० बेडबाट १ सय बेड क्षमतामा स्तरोन्नति तयारी गरेको नर्सिङ होमले भौतिक निर्माणलाई तीव्रता दिएको छ । कम्पनी अध्यक्ष इन्दिरा शर्मा सुवेदीले निर्माणको काम अझै केही बाँकी रहेकोले थप सेवा संचालनमा आउन भने केही दिन लाग्ने सक्ने बताइन् ।
नदीपुरमा सरेसँगै ५० बेडबाट १ सय बेड क्षमतामा स्तरोन्नति तयारी
कम्पनी संचालक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतमले पद्म नर्सिङ होमलाई यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउने गरेर काम गर्ने बताए ।
अस्पतालमा वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा सचेत प्रभात श्रेष्ठ, वरिस्ठ रेडियोलोजिष्ठ डा. कालु शर्मा सुवेदी, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नारायण गौतम, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. कुलदीप नारायण अग्रहरी, एलर्जी, छाला तथा यौन रोग विशेषज्ञ डा. प्रवीण बानियाँ, वरिष्ठ फेमिली फिजिसियन डा. तरुण पौडेल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जुनु श्रेष्ठ, वरिष्ठ बालरोग विशेषज्ञ डा.रामचन्द्र बास्तोला, स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी सुनार, बालरोग विशेषज्ञ डा. नम्रता केसी, नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा. उपेन्द्रजंग थापा, वरिष्ठ युरोलोजिष्ट डा. ध्रुव अधिकारी, वरिष्ठ जनरल सर्जन डा. ऋषि ढकालले विशेषज्ञ सुविधा दिने छन् ।
साथै, जनरल सर्जन डा. ओम कार्की, फिजिसियन डा. सुदर्शन सुवेदी, एनेस्थेसिया डा. अनिल न्यौपाने, बाल दन्तरोग विशेषज्ञ डा. भावना सिग्देल, ल्याप्रोस्कोपिक सर्जन डा. सुनिल ज्वारचन, एनेस्थेसिया डा. वसन्त कोइराला, वरिष्ठ नेत्ररोग रेटिना एवं फेको विशेषज्ञ डा. सयम बजिमय, नेत्ररोग विशेषज्ञ डा. ज्योेत्सना शर्मा सुवेदी र फिजिसियन डा. असिम बाटाजु लगायतले बिरामीको उपचार गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१