श्रमिक सुरक्षाबारे चिन्ता

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७९
Team building newss

पोखरा । एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) आयोजनामा टिम विल्डिङ कार्यशाला गोष्ठी भएको छ ।

दक्षिण कोरियामा रहेका हाना नानुम फाउन्डेसन र बि फ्रेन्डस संस्थाको सहयोगमा भएको गोष्ठीमा स्वदेश फिर्ता भई विभिन्न पेसा व्यवसायमा आवद्ध कृषिविज्ञ, पर्यटनविज्ञ, नीति तथा कानुनविज्ञ, पत्रकार, स्थानीय जनप्रतिनिधि साथै बुद्धिजीवीको सहभागिता थियो ।

गोष्ठी सामाजिक एवं श्रम आप्रसनका क्रममा श्रमिकको हक तथा अधिकार कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयका साथमा स्वदेश फिर्ता आप्रवासी श्रमिकको आर्थिक सामाजिक तथा संवेगात्मक पुनःएकीकरणका लागि के कस्ता नीति तथा कार्यक्रम हुनुपर्छ भन्ने विषयमा केन्द्रित थियो । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रमा दक्षता प्राप्त व्यवसायीले आफ्नो तवरबाट विचार प्रस्तुत गरी कार्ययोजनाअनुसार काम प्रतिबद्धता जनाए ।

संस्थाका संस्थापक अध्यक्ष सिद्धिचन्द्र बरालले गोष्ठीले आगामी २ वर्षको लागि स्वास्थ्य र स्वच्छतासम्बन्धी कार्यक्रम संस्थाका कार्यक्रम तथा गतिविधि तय गरिएको बताए ।

एशियन फोरमका अध्यक्ष किस्मतमणि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रम आप्रवासन विज्ञ नीलाम्बर बडालले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width