पोखरा । खानेपानी आयोजनाको पाइप चोरीको अभियोगमा कास्कीमा जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी गाउँपालिका १ का वडा सदस्य खरजंग गुरुङ हुन् ।
३४ वर्षीय गुरुङले अरु ३ दिनसँग मिलेर मादी गाउँपालिकाको थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए ।
असोज ५ गते राति ग१त ५१३७ नं को ट्याक्टरमा लोड गरी मादी गाउँपालिका वडा ५ तर्फ ल्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले वडा सदस्य खरजंगसहित मादी ७ थाकका ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय नीरज तामाङ र लमजुङको मध्यनेपाल नगरपालिका ८ स्थायी घर भइ हाल पोखरा १३ कसेरी बस्ने २३ वर्षीय ऋदम भन्ने सुनिल परियारलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको डिएसपी तिवारीले जानकारी दिए । चोरी गरिएको पाइप १४ लाख रुपैयाँ हाराहारीको हो ।
मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङका अनुसार यसअघि पनि उक्त आयोजनाबाट पाइप चोरी हुँदै आएको थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१