कालिकामा परियोजना लेखन कार्यशाला

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
Kalika campuss

पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखराले शनिबार परियोजना लेखनसम्बन्धी कार्यशालाको आयोजना गरेको छ ।

व्यवस्थापन संकाय स्नातक तह चौंथो वर्षका विद्यार्थीका लागि लक्षित गरी कार्यशाला आयोजना गरिएको क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए । उनले भने, ‘कार्यशालाले विद्यार्थीको सैैद्धान्तिक ज्ञानलाई कसरी व्यवहारमा उतार्ने र विभिन्न संघसंस्थाले यसलाई कसरी प्रयोग गर्दा रहेछन् भन्ने ज्ञान प्रदान गर्नेछ।’

कार्यशालामा शीर्षक तथा संगठन छनोटसम्बन्धी अनुसन्धान समितिका सदस्य सुनिल कोइराला र रिपोर्ट फम्र्याटसम्बन्धी समितिका सदस्य बोधराज पौडेलले प्रस्तुति राखेका थिए ।

यसैगरी, तथ्यांक संकलन र तथ्यांक विश्लेषणबारे समितिका संयोजक रेवतिरमण घिमिरे, विवियोग्राफी, रिफ्रेन्स, लिटरेचर रिभ्युसम्बन्धी समितिका सदस्य सन्तोषमणि लामिछानेले प्रस्तुति गरेका थिए ।

क्याम्पस प्रमुख विरन्जी गौतमले कार्यशालाको उद्घाटन गरेका हुन् । अनुसन्धान समितिका संयोजक रेवतिरमण घिमिरेको संयोजकत्वमा भएको उक्त कार्यशालाको सञ्चालन प्राध्यापक सन्तोषमणि लामिछानेले गरेका थिए ।

परियोजना लेखन त्रिविको व्यवस्थापन संकायको चौंथो वर्षमा ५० पूर्णाङ्कको कार्यभार रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width