पोखरा । पोखरामा बिहीबारदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ सुरु भएको छ ।
नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय नेपाली तेक्वान्दो संघ र गण्डकी प्रदेश तेक्वान्दो संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताले खेलाडीले खेल खेल्ने काममात्र नभइ, सद्भावना दुतका रुपमा अघि बढेको बताए ।
विश्व तेक्वान्दो महासंघका अध्यक्ष डा. चुङ वाङ चोइले विश्वभरका तेक्वान्दो खेलाडी पोखरा आएर खेल्न पाउनु सौभाग्यको विषय भएको बताए । एसियन तेक्वान्दो युनियनका अध्यक्ष प्रोफेसर क्यू सिको लिले सुन्दर नगरी पोखरामा प्रतियोगिता आयोजना गरेर आयोजकले पोखरासँगको सामिप्यता बढाउने काम गरेको बताए ।
राखेप बोर्ड सदस्य राजेश गुरुङले प्रतियोगिताले खेल क्षेत्र चलायमान गराएको बताए । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले यस प्रतियोगिताले गण्डकीमा हुने नवौं खेलकुदलाई सहयोग पुर्याउने अपेक्षा गरे ।
नेपाल तेक्वान्दो संघ अध्यक्ष प्रकाशशमशेर राणा र गण्डकी प्रदेश तेक्वान्दो संघ अध्यक्ष जगन गुरुङले प्रतियोगिता लामो संघर्षपछि नेपालका भएकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । संघ गण्डकी सचिव रमेश पौडेलका अनुसार प्रतियोगितामा १३ देशका १ हजार ४ सय २५ खेलाडी सहभागी छन् । पहिलो दिन जि–२ र्याकिङ तथा ब्याटमिन्टनको हलमा पुम्सेका खेल भए । बहुउद्देश्यीय कभर्ड हल र ब्याटमिण्टन कोर्टमा सुरु भएको प्रतियोगिता असोज ९ सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१