पोखरा महानगरद्वारा बजार अनुगमन

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
anugaman

पोखरा । पोखरा महानगरपालिकाको बजार अनुगमनअन्तर्गत बुधबार खाद्य सामग्रीको अनुगमन गरेको छ । पोखरा महानगर वडा नम्बर १७ का ३ खाद्य स्टोर्समा अनुगमन गरेको हो । अनुगमनमा लेबल नभएका, म्याद नाघेका र पसल नवीकरण नभएको फेला परेको थियो । छोरेपाटनमा रहेको एबिसी स्टोर्सबाट म्याद नाघेका ६ हजार २ सय ९० रुपैयाँ बराबरको खाद्य सामग्री नष्ट गरिएको छ । कोसेली तेल १० लिटर, जोन्सन एन्ड जोन्सन लोसन ४ थान, बेकिङ पाउडर ९ बट्टा, भ्यासलिन ३ थान, पोका पाउडर ५ थान नष्ट गरिएको महानगर अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिए ।

पोखरा महानगरका कार्यवाहक प्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुषा कार्की, पोखरा महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेल, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै