सुनकेशरी राम्रो नाटक : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
असाेज २, २०७९
Sunkesari Natak Photo

पोखरा । गत सातादेखि पोखराको गैह्रापाटनस्थित पोखरा थियटरमा मञ्चन भइरहेको नाटक ‘सुनकेशरी’ को गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि अवलोकन गरेका छन् ।

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक ‘सुनकेशरी’ हेरिसकेपछि उनले नाटक राम्रो रहेको प्रतिक्रिया दिए । गण्डकी प्रदेश भाषा, कला, साहित्य र संस्कृतिमा धनी रहेकाले यसलाई जीवन्त राख्न नाटकले सघाउने उनले बताए । युवाले नाटकप्रति देखाएको रुचि र लगावमा प्रदेश सरकारले साथ दिन उनको भनाइ थियो । पचासको दशकमा सुस्ताएको नाटक अझ माथि पु¥याउन नयाँ कलाकारले ध्यान दिएको उनले बताए ।

नाटक निर्देशक राजन खतिवडाले सरकारले नयाँ कलाकार र निर्देशक उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । आफू लामो समय नाटकको निर्देशनमा लागेको बताउँदै अब नयााँलाई अवसर दिन सुनकेशरी अन्तिम निर्देशन हुने घोषणा गरे ।

मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौं ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा मञ्चन भएको नाटक शनिबारदेखि सकिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । पोखरा थिएटरको आयोजनामा मण्डला थिएटर नेपालले मञ्चन गरेको नाटकमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा वडा ४ को सहकार्य थियो ।

नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रीता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जीवजंग क्षेत्री लगायतको अभिनय छ । प्रत्यक्ष संगीतमा अंकित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width