अमरज्योति गाउँफर्कमा अभिभावक भेला

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
Amar Jyoti Gaufarka Ma Bi News

लेखनाथ । अमरज्योति गाउँफर्क माध्यमिक विद्यालय पोखरा २६ जल्धारेमा बिहीबार अभिभावक भेला भएको छ । विद्यालय व्यवस्थापन समिति गठन गर्ने उद्देश्यले भएको भेलाबाट सूर्य प्रकाश बञ्जरा, विष्णुमाया तिमिल्सेना र तुलसीप्रसाद भण्डारी सदस्य चयन भएका छन् ।

शिक्षा नियमावलीमा अभिभावक भेलाबाट छनोट भएका १ महिलासहित ३ जना, वडा शिक्षा समितिले मनोनीत गरेका २ जना, शिक्षक अभिभावक संघको प्रतिनिधि, स्थानीय वडापालिकाका अध्यक्ष वा तोकिएको प्रतिनिधिसहितको विद्यालय व्यवस्थापन समिति गठन हुने व्यवस्था रहेको छ ।

अभिभावकको भेलालाई सम्बोधन गर्दै पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाएर शिक्षाको गुणस्तर सुधार गर्न जोड दिए । अध्यक्ष थापाले पछिल्लो समय गुणस्तरीय शिक्षा दिएका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको उल्लेख गरे । वडासदस्य सुदीपराज ढुंगानाले शिक्षा क्षेत्रको सुधारका लागि अभिभावक उत्तरदायी र शिक्षकहरु जवाफदेही हुनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि विश्वराज आचार्यको संयोजकत्वमा भएको भेलामा वडासदस्यहरु तीर्थबहादुर राजभाट, लक्ष्मीदेवी भट्टराई, नेपाली कांग्रेस पोखरा २६ इकाइ सभापति शिवबहादुर रानाभाट, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष झलकपाणि तिवारी, विद्यालयका प्रधानाध्यापक दामोदर सापकोटा र शिक्षक मनोहरि भण्डारीले विद्यालय सुधारका विषयमा बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width