पोखरा, २९ भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले दसै तिहार लक्षित सहुलियत छुट मूल्य पसल सुरु गर्ने भएको छ ।
नेपालीहरुको महान पर्व वडादशैं, तिहार तथा छठ पर्व २०७९ का अवसरमा खासगरी चामलमा छुट दिने उद्धेश्यले विरौटा स्थित कार्यालयको खाद्य विक्री कक्षबाट यस्तो सेवा दिन लागिएको निमित्त प्रादेशिक प्रमुख नबिन बस्नेतले जानकारी दिए ।
असोज १ गतेबाट २०७९ कात्तिक १५ गतेसम्म यस्तो छुट प्रदान गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा कार्यालयबाट विक्री भइरहेका सबै किसिमका चामलमा प्रति किलोग्राम सात रुपैयाँ छुट प्रदान गरिने कार्यालयले जानकारी दिएको छ । यस्तो छुट प्रदान गरेपपछि वासमति चामल रु ९८, जिरा मसिनो रु ६०, स्टिम सोना चामल रु ४६ र अरुवा सोना मनसुली रु ४४.३० प्रतिकिलोग्रामका दरले उपलब्ध हुने निमित्त प्रमुख बस्नेतले जानकारी दिए ।
कार्यालयले अन्य समयमा पनि उल्लेखित चार प्रकारका चामल आफ्नो विक्री कक्षबाट विक्री गर्दै आएको छ । यसपटकको चाडपर्व लक्षित कोटा अन्तर्गत पाँच सय क्विन्टल चामल विक्री गरिने योजना रहेको छ । नियमित समयमा कार्यालयबाट माशिक ६० क्विन्टल जति चामल विक्री हुँदै आएको छ । भविश्यमा दाल पनि कम्पनीले विक्री गर्ने लक्ष्य लिएको छ । सिद्धान्ततः अनलाइनमार्फत् बुकिङ लिएर घरघरमा खाद्यन्न डेलिभरी गर्ने अवधारणा कार्यालयले बोकेको भए पनि कर्मचारी र गाडीको अभावका कारण उक्त अवधारणाले मुर्त रुप लिन नसकेको जनाइएको छ ।
गण्डकी प्रदेशमा हाल कास्कीका अतिरिक्त गोर्खा, मनाङ र मुस्ताङमा पनि कार्यालयको विक्री कक्षहरु रहेका छन् । विमलनगरमा भने रिले केन्द्र रहेको छ । नेशनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानलाई गाभेर सरकारले नयाँ सरकारी कम्पनीका रुपमा २०७६ साउनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी स्थापना गराएको हो । खाद्यान्न लगायतका अत्याबश्यकीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेल्न सक्ने एक सक्षम व्यवसायिक संस्थाको रुपमा स्थापित हुने उद्धेश्य कम्पनीले लिएको छ ।
खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्न लगायतका अत्याबश्यकीय उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेली व्यवसायिक रुपमा सक्षम संस्थाको रुपमा स्थापित हुने योजना पनि कम्पनीको छ ।
खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने, किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मुल्य एवं गुणस्तरका अत्याबश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने उद्धेश्य पनि कम्पनीले लिएको छ । यसैगरी उपलब्ध श्रोत साधनको अधिकतम उपयोग तथा व्यवसायिक क्रियाकलाप विस्तार र विविधिकरण गर्दै दिगो आय आर्जन गर्ने, अत्याबश्यक वस्तु तथा सेवाको माग र आपूर्तिका तथ्याङ्कीय आधार तयार गरी नीति निर्माण गर्न आवश्यक सहयोग पु¥याउने र कम्पनीलाई व्यवसाय–उन्मुख एवं उत्तरदायी बनाउने उद्धेश्य पनि कम्पनीले लिएका जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१