हिमाली सांस्कृतिक परिवारमा ज्ञान

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०७९
himali sankritik

पोखरा । हिमाली सांस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समिति वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ, उपाध्यक्ष श्रीजंग गुरुङ, महिला उपाध्यक्षमा मनसुवा नेपाली, सचिवमा मनबहादुर (माधव) गुरुङ, सहसचिव डबिन गुरुङ, कोषाध्यक्षमा महादेव न्यौपाने र सहकोषाध्यक्षमा सविन गुरुङ चयन भए । सदस्यमा ईश्वरी राना, सनबहादुर गुरुङ, टोपबहादुर खत्री (तेज केसी), संगीता आले, वसन्त थापा, युवराज गुरुङ, नीतु गुरुङ बी, दिलबहादुर गुरुङ, बिग्नेस थापा, विक्रम थापा र हेमा परियार छन् ।

परिवारका मानार्थ सदस्य खेमबहादुर गुरुङको अध्यक्षतामा रुद्रकुमारी मैना गुरुङ र हुमबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । नयाँ कार्यसमितिलाई निर्वाचन समिति संयोजक खेमबहादुर गुरुङले पद तथा गोपानीयताको सपथ खुवाए । नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर थापाले परिवारको उद्देश्य प्राप्तिका लागि कार्यसमिति सक्रियताका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यसअघि संस्थाको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले लोकसंस्कृति राष्ट्रको पहिचान भएकाले संरक्षण र विकासका लागि सबैको ध्यान जानुपर्ने बताए । परिवारले लोकसंस्कृति संरक्षणका लागि भूमिकाको प्रशंसा समेत गरे ।

कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान सदस्यसचिव मनकुमार श्रेष्ठ, सल्लाहकार रुद्रकुमारी मैना गुरुङ, नीरज थापा लगायतले शुभकामना व्यक्त गरे । सभामा परिवारका सचिव श्रीजंग गुरुङले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महादेव न्यौपानेले प्रस्तुत गरेको प्रतिवेशन पारित गरिएको थियो । संस्थाका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सपन्न कार्यक्रममा उपाध्यक्ष गजबहादुर गुरुङले स्वागत र सचिव श्रीजंग गुरुङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width