मधेसमा ‘बोक्सी हुन्न’ अभियान

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७९
boksi

हेमजा । मधेस प्रदेशका विभिन्न जिल्लामा ‘बोक्सी हुन्न’ अभियान संचालन गरिएको छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयको संयोजनमा महोत्तरी, धनुषा, रौतहट, पर्सा तथा बारामा अभियान संचालन गरिएको हो ।

असार १ देखि साउन १८ सम्म २० स्थानीय तहका ६० स्थानमा चलचित्र ‘अग्निदहन’ प्रदर्शन लगायत विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिए । उनले ती जिल्लास्थित बोक्सी आरोपमा घटना भएका स्थानलाई प्राथमिकता दिंदै कार्यक्रम संचालन गरेको बताए ।

अभियानको टोलीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा महिला बालबालिका मन्त्री वीरेन्द्रकुमार सिंहसँग पनि भेट गरेको छ । प्रतिष्ठानका अध्यक्ष उपाध्यायको नेतृत्वमा भएका उक्त कार्यक्रम प्रतिष्ठानका सल्लाहकार मुरली मनोहर मिश्रले सहजीकरण गरेका थिए । प्रतिष्ठानले चाँडै उक्त प्रदेशका बाँकी जिल्ला सर्लाही, सिराह र सप्तरी तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र वैतडीमा पनि अभियान संचालन गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width