स्वास्थ्यमा पोखराको फड्को

सम्पादक
भाद्र १, २०७९

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फेरि एकै दिन २ जनाको मिर्गौला प्रत्यारोपण भएको समाचारले यहाँ उत्साहको संचार भएको छ । यसअघि पनि त्यस अस्पतालमा असार ९ मा १ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यस बेला प्रत्यारोपण गर्दा त्यो नमुनाको लागि गरिएको अनुमान गरिएको थियो र अब फेरि कहिले प्रत्यारोपण गरिने हो थाहा छैन भन्ने प्रतिक्रिया आएको थियो । तर यत्ति छिट्टै फेरि २ जनाको प्रत्यारोपण गरिंदा अब अस्पतालले निरन्तर प्रत्यारोपण गर्ने विश्वास पलाएको छ । अस्पतालले यस पटक स्याङ्जाको चापाकोट नगरपालिकाका ४२ वर्षीय पुरुष र कास्कीको रुपाकोट गाउँपालिकाका ५३ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको थियो । योसहित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २ पटक गरी ३ जनाको मिर्गौला प्रत्यारोपण भएको रेकर्ड छ । यो प्रत्यारोपणका लागि मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञ चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको टोलीले सहयोग गरेको थियो ।

पोखराले २०४६ सालपछि चिकित्सा क्षेत्रमा धेरै प्रगति गरेको छ । नयाँ–नयाँ र ठूल्ठूला अस्पताल बन्दैछन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजले चिकित्सकहरु उत्पादन गर्दैछन् । त्यसो भए तापनि गम्भीर प्रकृतिका ठूल्ठूला रोगको उपचारका लागि बिरामीहरु काठमाडौं र भारततिर जाने गरेकोमा मिर्गौला प्रत्यारोपणजस्तो गम्भीर र खर्चिलो रोग उपचार पोखरामै हुनु खुसीको कुरा हो । मिर्गौला प्रत्यारोपण नभएको अवस्थामा त्यसको बिरामीले डायलायसिस गर्ने बाध्यता हुन्छ । फेरि त्यो डायलाइसिस एक पटक गरेर निको हुने होइन, हप्ताको २ पटक कतिपयलाई ३ पटक पनि गर्नुपर्ने हुन्छ र आजीवन गरिराख्नु पर्दछ । जसले गर्दा बिरामीको ठूलो धनराशी खर्च हुन्छ । कतिपयले घरखेतै बेच्नु परेको तीतोसत्य पनि छ ।

पोखरामा मिर्गौला रोगीहरु बढ्दै गएपछि यहाँका सामाजिक संघसंस्था र उपकारी केही दाताहरुले अस्पताललाई डायलाइसिस गर्ने मसिन प्रदान गरेका थिए । त्यो मसिनले गर्दा पोखरामा नै डायलाइसिस गर्न सम्भव भएको हो । त्यो कार्यले बिरामीलाई केही राहत दिएको थियो भने अहिले मिर्गौला प्रत्यारोपण पनि पोखरामा नै सम्पन्न भएकोले बिरामीहरुमा नयाँ आशा जन्माएको छ । यसलाई पोखराको स्वास्थ्य क्षेत्रमा एउटा फड्कोरुपमा लिइएको छ । अरु अस्पतालले पनि यसको सिको गरी मिर्गौला प्रत्यारोपण गर्ने छुट्टै विभाग स्थापना गर्नु पर्दछ । सरकारले मानव अंग प्रत्यारोपणको जुन नीति नियम छ, त्यसलाई केही खुकुलो पार्नु पर्दछ । हामी पोखरामा मिर्गौला प्रत्यारोपण गर्ने काममा संलग्न भएका चिकित्सक, नर्सलगायत सम्बद्ध सबैलाई तिनीहरुको सफल कार्यका लागि हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width