इन्द्रराज्यलक्ष्मीमा शैक्षिक प्रदर्शनी

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७९
indra

हेमजा । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयले ६९ औं वार्षिकोत्सव पूर्वसन्ध्यामा मंगलबार विद्यालयमा शैक्षिक प्रदर्शनी गरेको छ।

प्रदर्शनीमा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीले निर्माण गरेका स्मार्ट सिटी, रोवर्ट, भेषभूषा, विद्यालय भवनका विभिन्न नमुना लगायतका सामग्री प्रदर्शन गरिएको हो।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले विद्यालयको तर्फबाट गरिएको शैक्षिक प्रदर्शनी उत्कृष्ट रहेको बताए । समारोहमा शिक्षा महाशाखा पोखरा प्रमुख हेमप्रसाद आचार्य समेत सहभागिता थियो ।

सहभागी अभिभावक, छिमेकी सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख, शिक्षक तथा विद्यार्थी समेतले प्रदर्शनी अवलोकन गरी सकारात्मक पृष्ठपोषण प्रदान गर्दै आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको शुभकामना दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रावि इन्चार्ज सिर्जना थापाले संचालन गरिन्।
यसैबीच, विद्यालयले बुधबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै