प्रेस सेन्टर पदाधिकारीको सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
press center

पोखरा । प्रेस सेन्टरको चौंथो महाधिवेशनमा गण्डकी प्रदेशबाट निर्वाचित पदाधिकारीको पोखरामा सम्मान गरिएको छ ।

प्रेस सेन्टर कास्कीले सोमबार पोखरामा आयोजना गरेको समारोहमा केन्द्रीय उपाध्यक्षमा निर्वाचित त्रिभुवन पौडेल, उपमहासचिव दीपक जलन, सचिवद्वय माधव पनेरु र दीपक भट्टराई, नीति योजना तर्जुमा समिति सदस्य विभू भुषाल लगायतलाई बधाईसहित सम्मान गरेको गरेको हो ।

समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रेस सेन्टरलाई अझै क्रान्तिकारी पत्रकार संगठनका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । मन्त्री बरालले सम्मान गर्ने संस्कारको सुरुआत गरेकोमा जिल्ला शाखाप्रति आभार प्रकट गर्दै समुन्नत राष्ट्र निर्माणमा पत्रकारको भूमिका अहम् रहने गरेको औंल्याए।

अग्रज पत्रकार कोमलनाथ बरालले पत्रकारले समाजलाई अग्रगामी दिशातर्फ लैजान भूमिका निर्वाह गर्नुपर्ने भन्दै मिसन पत्रकारितामा जोड दिए । उनले विगतमा पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकलाई पुनःजीवन दिई प्रकाशन गर्नुपर्नेमा जोड समेत दिए ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले वर्ग पक्षधरतालाई आधार मानेर पत्रकारिता गर्न सुझाव दिंदै गणतन्त्र स्थापनामा जस्तै निर्वाचनको समयमा पनि भूमिका खेल्नुपर्ने बताइन् ।

त्यस अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तेजकुमारी पौडेल, राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोखरेल, पार्टी महानगर सचिव जनकराज पराजुली, सम्मानित पत्रकार त्रिभुवन पौडेल, दीपक जलन, माधव पनेरु, पत्रकार महासंघ कास्कीका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिना, प्रेस युनियन कास्कीकी कावा सभापति रविना आले लगायतले पनि धारणा राखेका थिए ।

प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीननाथ बरालले स्वागत र सचिव पुष्प दाहालले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै