मासबार आमा समूहमा शारदा

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
Masbar Aama Samuha

पोखरा । मासबार आमा समूह, पोखरा–७ को २६ औं साधारण सभा तथा १३ औं अधिवेशनले शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । २५ सदस्यीय समिति उपाध्यक्षमा कृष्णकुमारी बराल, सचिव लक्ष्मी बराल, सहसचिव सावित्री पहारी बराल र कोषाध्यक्ष लक्ष्मी घिमिरे सर्वसम्मत् चयन भए ।

सदस्यमा खिममाया अधिकारी, मीना बराल, प्रमिला बराल, शुलोचना बराल, इन्दिरा बराल, लक्ष्मी बराल (तोफु), सरस्वती केसी, मैयाँ घिमिरे, विना पौडेल, तुलसी शर्मा, पिङ्गला भट्ट, जमुना पराजुली, शोभा बराल, भवानी बराल, लीला बराल, दुर्गा पराजुली बराल, राधा बराल, लक्ष्मी बराल (न्वारथोक) र शान्ति बराल छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा उपसभामुख सिर्जना शर्माले २६ वर्षको इतिहास बोकेको आमा समूहलाई थप जागरुक भएर लाग्न आग्रह गर्दै नयाँ कार्यसमिति थप सक्रिय भएर अगाडि बढाउनेमा आफू विश्वस्त रहेको बताइन् ।

वडा अध्यक्ष राममोहन आचार्यले मासबार आमा समूह लगायत वडाका सम्पूर्ण सामाजिक संघसंस्थासँग साथ, सहयोग र सल्लाह आदानप्रदान गर्दै समग्र वडाको विकासमा लाग्ने प्रतिबद्घता जनाए ।

कार्यक्रममा वडा ७ का महिला सदस्य बसुन्धरा लामिछाने, कांग्रेस पोखरा ७ का इकाइ सभापति नवीन बराल, एमाले पोखरा ७ का अध्यक्ष किशोर बराल, मासबार आमा समूहका सल्लाहकार तेजनारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ का सभापति भोजराज बराल, रेडियो सफलताका स्टेशन म्यानेजर मधु अधिकारी, महिला क्लब पोखराका अध्यक्ष मीना आचार्य बराल, महिला विकासका लागि आमा समूहका अध्यक्ष तुलसी बराल, घारीपाटा आमा समूहका अध्यक्ष पवित्रा जिसी, हरियाली कृषक समूहका अध्यक्ष नीरा बराल, क्रियाशील महिला कृषि सहकारीका अध्यक्ष मनमाया बराल, किसान जागरण बहुउद्देश्यीय सहकारीका अध्यक्ष मोतिराम बराल लगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा मासबार आमा समूहका संस्थापक अध्यक्ष कमलादेवी बराल, सावित्रा बराल, मैन गिरी, सरस्वती बराल, मायादेवी बराल, नारायणी सुवेदी, खड्गकुमारी बराललाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष टीकादेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमारी बराल र संचालन सचिव शारदा गिरीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै