पोखरा । निर्वाचन आयोगले आगामी मंसिर ४ मा एकै पटक गर्ने प्रतिनिधि र प्रदेश सभाको चुनाव कार्यतालिका तयार पारेको छ । असोज २३ मा उम्मेदवारी दर्तासहित आमनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो ।
आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । यसरी आयोगका अनुसार असोज २३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि उमेदवारी दर्ता हुनेछ ।
निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले सो काम गर्न भदौ २५ गते लेखी पठाउने आयुक्त पौडेलले बताए ।
स्वीकृत कार्यतालिका अनुसार प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुने कार्यतालिका रहेको छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ ।
आयोगले आगामी असोज २८ देखि मंसिर १ सम्म मतदाता शिक्षा दिनेछ । सो अवधिमा मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार कार्य हुनेछ । सो अवधिमा विभिन्न ७६ वटा कार्यक्रम हुने छन् ।
आगामी मंसिर ४ मा हुने चुनावलाई निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत
मंसिर १ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ । आगामी चुनावबाट प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभातर्फ ३ सय ३० जनप्रतिनिधि आगामी कार्यकालका लागि निर्वाचित हुने छन् । यस्तै, समानुपातिकतर्फ १ सय १० जना प्रतिनिधिसभा सदस्य तथा २ सय २० जना प्रदेशसभा सदस्य चुनिने छन् ।
निर्वाचनका लागि दल साउन २२ देखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ लाई तय गरिएको आयोगले जनायो ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले दल दर्ता (दर्ता नम्बर १०) गराएको हो । दल दर्तापछि प्रतिक्रिया दिंदै एमालेका महासचिव शंकर पोखरेलले आफूहरू निर्वाचनमा बिना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पारे ।
गठबन्धनमा सहभागी गराउन देउवा सहमत
प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल समाजवादी पार्टीलाई सत्तारुढ गठबन्धनमा सहभागी गराउन सकारात्मक देखिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्र राय यादवसँग भेटमा प्रधामन्त्री देउवाले नेसपालाई गठबन्धनमा सहभागी बनाउने विषयमा अन्य साझेदार दलहरुसँग छलफल गर्ने बताएका छन् ।
भेटमा भट्टराईले अहिलेको सत्तारुढ गठबन्धन निर्माण गर्न आफ्नो पनि भूमिका रहेकाले त्यसमा हक लाग्ने बताएका थिए । उनले भने, ‘यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ, त्यसकारण यो गठबन्धनमा हाम्रो पानि हकदाबी लाग्छ ।’
सत्तारुढ पाँचदलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।
यसैबीच, नेपाली कांग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बुले पाँचदलीय गठबन्धनको धेरै विरोध नगर्न नेकपा एमालेका सांसदलाई चेतावनी दिएकी छन् । उनले विचार नमिल्ने पार्टीहरुका बीचमा चुनावी तालमेल गर्ने निर्णय भएको भनी नेकपा एमालेले पाँचदलीय गठबन्धन संविधानको मर्मविपरीत रहेको भनी तर्क गरिरहेका बेला सांसद लिम्बुले मंगलबार संसदमा बोल्दै यस्तो चेतावनी दिएकी हुन् ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१