७१ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७९
blood

पोखरा । पोखरा २६ विजयपुरमा रहेको विजयपुर फाउन्डेसन तथा विजयपुर युनाइटेड क्लबले शनिबार आयोजना गरेको कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । पहिलो रक्तदाता परिवेश थापालाई ब्लडब्याग हस्तान्तरण गर्दै पोखरा २६ का अध्यक्ष नरेन्द्र थापाले रक्तदान शुभारम्भ गरे । उनले मानिसलाई बिरामी भएर अस्पतालमा रगत अभाव भएको बेलामा यस्ता कार्यक्रमहरूले बिरामीलाई नयाँ जीवन दिने माध्यम बन्ने उल्लेख गरे ।

क्लबका अध्यक्ष सुवर्ण बरालको अध्यक्षता भएको कार्यक्रममा नेपाल ट्रेड युनियन नेता तथा लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य चन्द्रबहादुर रानाभाट, युवा नेता ओम बस्नेत, पूर्व जनप्रतिनिधि खड्गबहादुर रानाभाट, जनप्रतिनिधि तीर्थ रानाभाट लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव सुदीप पनेरूले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width