पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अब सत्तामा आउने बाटो सकिएको बताएका छन् ।
पोखरामा शनिबार पत्रकारसँग कुरा गर्दै उनले ओलीको सम्भावना नरहेकोले एमालेका नेता कार्यकर्तालाई एकीकृत समाजवादी पार्टीमा लाग्न आग्रह गरे । ‘केपी ओली मसिहाका रुपमा आउने सम्भावना समाप्त भएको छ । यस्तो स्थितिमा एमालेमा भएका साथीहरुलाई एकीकृत समाजवादीमा आउन आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘अब यही पार्टीमा भविष्य छ । यसैले आशा र विश्वास जगाउन सक्छ ।’ नेपालले बामपन्थी शक्तिले दुइतिहाई मत पाउँदा समेत देशलाई विकासको बाटोमा लान नसकेको भन्दै केही व्यक्तिको दम्भका कारण कम्युनिष्ट आन्दोलनले नै धक्का खाएको बताए ।
उनले एकीकृत समाजवादी अव गठबन्धनको निर्णय कुरेर नबस्ने बताएका छन् । ‘आगामी चुनावमा पार्टीले आफ्नो तयारी गर्छ । पर्यो भने एक्लै चुनाव लड्ने हो । संगठन बलियो बनाउनुस्, कलम चिन्हमा मत माग्न लाग्नुस्,’ उनी अघि भन्छन्, ‘गठबन्धनभित्र सीटको तालमेल छलफलको क्रममा छ । हामीलाई कसैले इग्नोर गर्छ भने मुर्खता मात्रै हो ।’ आगामी चुनावमा समाजवादीले अहिलेको भन्दा राम्रो सिटमा चुनाव जित्ने दाबी गरे ।
उनले गठबन्धनमा कांग्रेस इमानदार नदेखिएको टिप्पणी गरे । कांग्रेसले पेल्दै जाँदा आफूहरुलाई पोलेको उनको गुनासो छ । ‘अहिले कांग्रेसभित्र अहंकार जाग्न थालेको छ । अरु पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति देखा पर्न थालेको छ । कांग्रेसको घमण्डले हामीलाई पोल्न थालेको छ,’ पोखरामै भएको अर्को एक कार्यक्रममा उनले भने, ‘केपी ओलीको अहंकारले हामी सबै पीडित नै भइसकेका छौं । त्यसो भएकाले अरु वामपन्थी शक्तिलाई मिलाउन चाहिरहेका छौं । जो वामपन्थी साथमा आउनुहुन्छ साथमा लिएर जान्छौं ।’ तर एमालेमा भने नमिल्ने उनले दोहोर्याए । ‘ओलीले मसहित ५ जनालाई अपराधी घोषणा गरेका छन् । राष्ट्रद्रोही घोषणा गरेका छन् । राष्ट्रद्रोहीसँग महान् देशभक्तसँग एकता हुन्छ ?,’ उनी भन्छन्, ‘मिल्ने ढोका हामीले बन्द गरेको होइन । त्यतैबाट बन्द भएको हो ।’ कांग्रेसले बहुमत पाए कसैलाई नटेर्ने नेता नेपालले बताए ।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१