अनेरास्ववियुले बुझायो हस्ताक्षर

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७९
annfsu

पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले साउन १२ र १३ गते पृथ्वीनारायण क्याम्पसमा संकलित हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।

नागरिकता विधेयक, गण्डकीको ६/६ महिनामा सवारी नवीकरण गर्नुपर्ने, महँगो सवारी कर खारेजी गर्नुपर्ने लगायत मागसहित संकलित ३ हजार ४ सय ८३ विद्यार्थीको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री कार्यालयमा बुझाएको हो ।

वैवाहिक अंगीकृत नागरिकतामा समय सीमा नराख्ने गठबन्धन सरकारको निर्णयले देश सिक्कीमीकरण र फिजीकरणको दिशामा जाने भएकाले नागरिकता विधेयक खारेजीको मागसहित देशभक्त नेपालीहरू सडकमा आउनुपर्ने कमिटी अध्यक्ष विष्णु पोखरेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width