दलित अधिकार स्थापित गर्ने माओवादी : मन्त्री बराल

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७९
dalit hemaj

हेमजा । नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले नेपालमा दलित अधिकार स्थापित गर्ने एकमात्र पार्टी माओवादी केन्द्र भएको दाबी गरेका छन् ।

वडा कमिटी पोखरा २५, हेमजाको आयोजनामा बुधबार भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा मन्त्री बरालले त्यस्तो दाबी गरेका हुन् ।

उनले दलित अधिकार, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताजस्ता मुद्दा माओवादी आन्दोलनबाट स्थापित भएको भन्दै त्यसको रक्षाका लागि सबै माओवादी एकजुट हुनुपर्नेमा जोड दिए ।

हाल देश माओवादीको एजेन्डामा चलिरहेको भन्दै मन्त्री बरालले जनतालाई अधिकार दिने पार्टी माओवादी भएको उल्लेख गरे । आफ्नो पार्टीमा पनि कतिपय गल्ती कमजोरी भएको स्वीकार गर्दै मन्त्री बरालले वर्गीय चेष्टालाई भने ख्याल गरिरहनुपर्ने औंल्याए ।

उक्त कार्यक्रममा पार्टीका प्रदेश सदस्यद्वय भोजराज पौडेल र भीम विक, पोखरा महानगर कमिटी अध्यक्ष हरिनारायण गिरी लगायतले पनि बोलेका थिए । उनीहरुले माओवादी आन्दोलन जनजीविकासँग जोडिरहनुपर्नेमा जोड दिए ।

सो अवसरमा धवलागिरी कास्की दलित सम्पर्क समाजका संस्थापक अध्यक्ष रणबहादुर श्रीपालीसहित कांग्रेस, एमाले परित्याग गरी दर्जनौं व्यक्ति माओवादीमा प्रवेश गरे । वडा कमिटी अध्यक्ष महादेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम कमिटी सचिव विष्णु बास्तोलाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै