कास्कीमा २ सय बढी संक्रमित

रासस
श्रावण १७, २०७९
Corona Banner

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

सो अवधिमा ५ हजार ९ सय ९ जनाको नमुना परीक्षण गरिएको थियो । ३ हजार ६ सय ८५ जनाले पिसिआर र २ हजार २ सय २४ सय जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७० हजार ३ सय २६ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव ३ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ३३ हजार १ सय ७६ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६८ पुगेको छ । होम आइसोलेसनमा ४ हजार ७ सय ९२, संस्थागत आइसोलेसन १ सय ४२ र आइसियु ३६ र भेन्टिलेटरमा ५ जना संक्रमित छन् ।

हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौं र ललितपुर रहेका छन् भने तथा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा कास्की रहेको छ । शून्य संक्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका ३ जिल्लामध्ये हाल काठमाडौंमा २ हजार ८ सय ७२ र ललितपुर ५ सय ४३ र भक्तपुरमा ३० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width