पोखरा । मुक्तिनाथ विकास बैंकका कर्मचारी चढेको माइक्रो दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
सोमबार दिउँसो चितवन–नारायणगढ मुग्लिन सडकको भरतपुर २९, भोर्लेमा बा ३ ख ८५८८ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो । बस सडकबाट ३० मिटर तल खसेको छ । माइक्रो झ्याङमा अड्किंदा नजिकैको त्रिशूली नदीमा खस्नबाट जोगिएको थियो ।
चितवन जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार सोमबार दिउँसो ४ बजेतिर भएको सो दुर्घटनामा १८ जना घाइतेमध्ये १ जना गम्भीर छन् । घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा टीकाराम श्रेष्ठ, प्रमिला भट्ट, सरोज खतिवडा, दीपा रेग्मी, सुजन आचार्य, सावित्री सापकोटा, स्वस्तिका आचार्य, मनोज भण्डारी, प्रकाश अधिकारी, सनिशा अधिकारी, रोजिना श्रेष्ठ छन् ।
यस्तै, नुवाकोटका जीवन कुमार, उपेन्द्र भण्डारी, सुवास नेपाल, मकवानपुरका सरोज मोक्तान, ललितपुरका विकास संजेल, दोलखाका धर्मबहादुर खड्का र चितवनकी अन्जेल कुमाल हुन् ।
माइक्रोको अगाडिको टायर खुस्किएर दुर्घटनामा परेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१