अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा नियुक्त हुने, आजै सपथको तयारी

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७९
janardan

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन्। बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो। तर यस विषयमा एमालेले भने फरक मत राख्दै आएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादीबाट अर्थमन्त्री नियुक्त गर्ने विषयमा छलफल गरेका छन्।

प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्तावसहित बालुवाटार पुगेका हुन् ।

पार्टीमा छलफल गरेर प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। प्रधानमन्त्रीले शर्माको नाम शीतल निवास पठाएपछि राष्ट्रपतिबाट आजै पद तथा गोपनियताको सपथ गराउने गरी तयारी थालिएको छ।

बजेट निर्माणका क्रममा त्रुटि भए पनि समितिले भने निवर्तमान मन्त्री शर्मालाई चोख्याउने गरी प्रतिवेदन तयार पारेकाे  छ ।

शर्मा हाल मन्त्री निवासमा नरहे पनि उनले सामान भने अझै सारेका छैनन् । पुन: मन्त्री हुने पक्का भएकै कारण उनले निवासकाे सामान नसारेका हुन् । शर्मा राज्यमन्त्री उमेश श्रेष्ठको घरमा बस्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width