लेखनाथ उद्योग वाणिज्य संघमा वक्तृत्वकला

आदर्श समाज सम्वाददाता
असार १८, २०७९
lcc

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो रजत वर्षका अवसरमा शुक्रबार विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

रजत वर्ष विविध कार्यक्रमका साथ मनाउने उद्देश्यले आयोजित प्रतियोगितामा युनिभर्स बोर्डिङ स्कुल पोखरा ३२ का करुणा शर्माले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् ।

विभिन्न ४ शीर्षकअन्तर्गत १९ प्रतिस्पर्धीमध्येबाट त्रिभुवन शान्ति माविका प्रशिद्धी ओझा द्वितीय, डायमण्ड माविका रक्षा अधिकारी तृतीय भए । न्यु लाइट माविका युरिका सुवेदी, नेपाल आदर्शका माविका स्वागत भुषाल, लेखनाथ पब्लिक स्कुलका विवेक अधिकारी र गोगन माविकी स्मृति ढकालले सान्त्वना स्थान हासिल गरेका थिए ।

लेउवा संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको कार्यक्रमका निर्णायकमा विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराका क्याम्पस प्रमुख डा. जगन्नाथ रेग्मी, पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक सुरज पौडेल र कन्या क्याम्पस पोखराका उपप्राध्यापक डा. भूमिराज वस्ताकोटी रहेका थिए ।

कार्यक्रम संयोजक एवं संघका उपमहासचिव जानुका अधिकारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) ले गरेका थिए । साथै, संघले शनिबार लेखनाथ महोत्सवस्थलबाट भण्डारढिक चौरसम्म दौड प्रतियोगिता गर्दैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width