म्याग्दी । बागलुङको तमानखोला गाउँपालिकाले पालिकाभित्रका अनाथ, असहाय, अपांगता भएका, अतिगरिब विपन्न बालबालिकाको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ । उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ । गाउँपालिकाभित्रका हाल ३० बालबालिका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालका अनुसार पालिकामा स्थापित तमानखोला विकास कोष स्थापना गरेर गत वर्षदेखि गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरसहित केही जनप्रतिनिधिले पाउने सेवासुविधा बापतको केही प्रतिशत र केही कर्मचारीले आफूहरुले पाउने तलबको केही प्रतिशत रकम उक्त कोषमा जम्मा गरेका थिए । उक्त कोषका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कोषमा जम्मा भएको १७ लाख रुपैयाँबाट गाउँपालिकाको वडा ३ स्थित तमानखोलामा घर भाडामा लिएर बालगृह सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले कोही पनि बालबालिका राज्यविहीन नहुन् भन्ने उद्देश्यले असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरेको उल्लेख गरे । उनले बालअधिकार सुनिश्चित गर्न पनि आफूहरुले बालगृह सञ्चालनमा ल्याएको बताए । गाउँपालिका अध्यक्ष बुढा मगरले आफ्नो पहिलो कार्यकालमा बालगृह संचालनमा ल्याउने योजना बनाए पनि विविध कारण संचालनमा ल्याउन नसकिएको सुनाए ।
‘खासगरी दुर्गम बस्तीमा विभिन्न कारण अभिभावकविहीन तथा आर्थिकरुपमा विपन्न परिवारका बालबालिकाको भविष्य निर्माण गर्न सकियोस् भन्ने उद्देश्यले बालगृह संचालनमा ल्याएका हौं,’ उनले भने, ‘यसले बालअधिकारको सुनिश्चितताको निम्ति सहयोग पुर्याउने छ ।’ आफूले पहिलो कार्यकालमा बालगृह संचालनमा ल्याउने घोषणा गरेपछि निवर्तमान उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका र वडा सदस्यसहित गाउँपालिकामा कार्यरत कर्मचारीले समेत सघाएको उनले बताए । बालगृहमा गाउँपालिकाको ६ वटा वडामध्ये अहिलेसम्म ५ र १ वडा बाहेक सबै वडाका बालबालिका छन् । उक्त बालगृहमा ५० जना बढीको संख्यामा बालबालिका पुग्ने अनुमान छ ।
‘समाजमा बेवास्ता गरेकै कारण अनाथ, गरिब, विपन्न परिवारका बालबालिका कुलतमा हुन्छन् । ती कलिला बालबालिकाको दयनीय अवस्था चिर्न मैले बालगृह संचालनमा ल्याउने योजना बनाएँ,’ उनले थपे ।
बालगृहमा आश्रित बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पठनपाठनको समेत व्यवस्था गरिनेछ । उनीहरुलाई कुनै पनि कुराको अभाव नहुने गरी प्रबन्ध मिलाइने बुढाको भनाइ छ । बालगृह सञ्चालनमा ल्याइएसँगै उनीहरु भविष्यमा दक्ष जनशक्ति हुने बताउँदै त्यसबाट पालिकालाई नै फाइदा हुने उनले बताए ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१