ट्राफिक प्रहरीको स्वास्थ्य चेकजाँच

आदर्श समाज सम्वाददाता
असार १४, २०७९
Check up

पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको स्वास्थ्य चेकजाँच गरिएको छ ।

लेखनाथ सिटी हस्पिटल र हिमालय आँखा अस्पताल, पोखराको सहयोगमा उक्त स्वास्थ्य चेकजाँच गरिएको थियो गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो कार्यक्रममा कास्की जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको ब्लड प्रेसर, सुगर र आँखाको स्वास्थ्य चेकजाँच गरी स्वास्थ्य परामर्श प्रदान गरिएको थियो ।

ट्राफिक प्रहरी अन्य प्रहरीभन्दा बढी बाह्य प्रदुषणमा खटिनु पर्ने तथा धेरै मानिसको सम्पर्कमा रही कार्यसम्पादन गर्नुपर्ने भएकोले स्वास्थ्यमा समस्या देखिन सक्ने भएकोले सो कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width