हेमजामा रोपाइँ महोत्सव हुने

आदर्श समाज सम्वाददाता
असार १४, २०७९

पोखरा । पोखरा सबै मौसमका लागि’ मूलनाराका साथ १७ औं असारे रोपाइँ महोत्सव तथा दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव हुने भएको छ । असार १५ मा पोखरा–२५, हेमजाको माइस्थानमा सो महोत्सव आयोजना गरिने भएको हो ।

पोखरा पर्यटन परिषद्को आयोजनामा हुने सो महोत्सव आवश्यक तयारी अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानीय रामबहादुर कुवर, तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्णबहादुर कँुवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी खेतमा महोत्सव हुन लागेको हो ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मुल उद्देश्यका साथ २०६१ साल देखि परिषद्ले निरन्तर असारे रोपाइँ महोत्सवको आयोजना गर्दै आएको छ ।

महोत्सवअन्तर्गत साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुला प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (नेपाली पुरुष), हिलोमा दौड प्रतियोगिता (नेपाली महिला), हिलोमा दौड प्रतियोगिता (विदेशी पर्यटक पुरुष) र हिलोमा दौड प्रतियोगिता (विदेशी पर्यटक महिला ) समावेश हुने छन् ।

यसैगरी, रस्साकसी प्रतियोगिता (नेपाली र विदेशीबीच), पत्रकारबीच हिलो दौड, पोखरा २५ का उत्कृष्ट कृषक तथा समाजसेवीको सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षणका रुपमा रहेका छन् । प्रतियोगितामा विजयी हुने प्रतियोगीलाई पुरस्कार, प्रमाणपत्र तथा ट्रफीको व्यवस्था गरिएको छ ।

महोत्सव व्यवस्थापनको लागि २४ लाख ५० हजार रुपैयाँको बजेट अनुमान गरिएको छ । महोत्सव सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पर्यटन मन्त्रालय लगायत विभिन्न संघसंस्था एवं व्यावसायिक प्रतिष्ठानसँग समन्वय भइरहेको जनाइएको छ । यस वर्ष ५ सय विदेशीसहित १५ हजार जनाले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव व्यवस्थापन गर्न परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठको संयोजनमा २४ सदस्यीय मुल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै