फेरिएका मन्त्रीको सपथ आज

आदर्श समाज सम्वाददाता
असार १३, २०७९
naya mantri samajbadi

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । यसअघि फेरबदलको प्रयास भएको भए पनि आइतबार नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिएका हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । नेकपा एसले २२ जेठमा मन्त्री फेरबदलको निर्णय गरेको थियो । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार बिहान ११ बजे हुने भएको छ ।

सरकारमा नेकपा एसका तर्फबाट सरकारमा रहेका मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको हो । यसअघिसरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width