नेल्टा कास्कीको निबन्ध लेखन प्रतियोगिता

आदर्श समाज सम्वाददाता
असार ११, २०७९
Nelta Eng

पोखरा । अंग्रेजी भाषा शिक्षकको संगठन (नेल्टा) कास्कीको आयोजनामा कास्की जिल्लाका कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थीबीचको निबन्ध लेखन प्रतियोगिता शीतलादेवी माध्यमिक विद्यालय भएको छ ।

जिल्लाका ५६ विद्यालयका १ सय ८ प्रतियोगी सहभागी प्रतियोगितामा धवलागिरि बोर्डिङ स्कुलकी सोफिया सुवेदी प्रथम, बेथानी बोर्डिङ स्कुलकी स्वस्तिका थापा द्वितीय, फिस्टेल एकेडेमीकी रीजा श्रेष्ठ तृतीय र शिशु निकेतन बोर्डिङ स्कुलकी दिया गुरुङ र बालकल्याण हाइ स्कुलकी कृपा गुरुङले सान्त्वना स्थान हासिल गरे । प्रतियोगिताका निर्णायकमा भूमिराज पण्डित, तोलाकान्त न्यौपाने, र शिवदत्त तिवारी थिए ।

नेल्टा कास्कीका संस्थापक एवं सल्लाहकार रत्नमान गुरुङले कार्यक्रम उद्घाटन गरे । उनले स्थापनाकालदेखि नै नेल्टाले रचनात्मक क्रियाकलाप गर्दै आइरहेको र यस प्रकारका सहक्रियाकलापले विद्यार्थीको लेखन सीप सशक्त हुने विश्वास व्यक्त गरे ।

नेल्टा कास्कीका अध्यक्ष अजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष अशोक सापकोटा, कास्की नेल्टा सल्लाहकार पुरण कुँवर, शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी र नेल्टा केन्द्रीय सदस्य पितृराज बाँस्तोला लगायतले बोलेका थिए । संस्थाका सचिव बोधराज गौतमले सञ्चालन तथा कार्यक्रम संयोजक मदनप्रसाद बरालले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै