नेपाल पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन हो । यो छाता संगठन भएकोले यसका निर्णयहरु पत्रकारहरुका लागि महत्वपूर्ण हुन्छन् । जेठ १५ गते बसेको केन्द्रीय समितिको निर्णय पनि त्यतिकै महत्वपूर्ण रहेको छ र त्यो चर्चित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा बसेको सो बैठकले स्थानीय तहको निर्वाचनमा महासंघका सदस्यहरु जो उम्मेदवार भएका थिए । तिनीहरुको सदस्यता कायम नरहने निर्णय गरेको छ । अर्थात् उम्मेदवार भएका पत्रकारको सदस्यता खारेज गरिएको छ । त्यसरी देशभरि उम्मेदवार भएका पत्रकारहरुको संख्या २ सय हारहारीमा भएको महासंघले जनाएको छ । तीमध्ये ५१ जनाले चुनाव जितेको पनि थाहा भएको छ । यसअघि राजनीतिक पार्टीहरुको अधिवेशन हुँदा पनि पत्रकारहरु चुनावको मैदानमा उत्रेका थिए । तीमध्ये केहीले छद्मनामबाट पनि चुनाव लडेका थिए ।
पत्रकारहरु स्वतन्त्र हुनु पर्दछ भन्ने आम मान्यता हो तर यो मान्यतालाई न सरकारले मानेको छ न पत्रकारहरुले नै । राजनीतिक पार्टीहरुले आ¬–आफ्नो पक्षको छुट्टिने गरी पत्रकार संघहरु गठन गरेका छन् । जति धेरै पार्टी हुन्छन् उति धेरै पत्रकार संघ गठन हुन्छन् । कतिपय पत्रकार संघहरु पार्टीको भातृ संगठनको रुपमा रहेका छन् । त्यसरी भातृ संगठनको रुपमा रहेका पत्रकार संघका पत्रकारहरुले कहिल्यै पनि स्वतन्त्र, निष्पक्ष र निर्भीक भएर विचार प्रवाह गर्न सक्दैनन् । अर्को भाषामा भन्ने हो भने तिनीहरुले पत्रकारको मूल धर्म निर्वाह गर्न सक्दैनन् । तिनीहरुले आफ्नो पार्टीको प्रचार र वकालत गर्नु धर्म सम्झने छन् ।
अधिकांश पत्रकारहरु त्यस्तै छन् र समाजमा तिनीहरुको बोलवाला छ । तिनीहरु भन्दा छुट्टै र बेग्लै पत्रकारहरु पनि छन् । तीमध्ये केही स्वतन्त्र पत्रकार संघ स्थापना गरी त्यसमा लागेका पनि छन् । स्वतन्त्र पत्रकार संघको शाखा जिल्लामा खुल्दै गएका छन् र सदस्य संख्या बढ्दै पनि छन् । तर तिनीहरुलाई टिक्न गाह्रो छ । ठूला पार्टीका भातृ संगठनहरुले लोभ प्रलोभन देखाएर लोभ्याउने गरेका छन् । यतिसम्म कि सरकारले प्रदान गरिने सम्मान पुरस्कारहरु पनि तिनीहरुले आफ्नै पेवा सम्पत्तिजस्तै गरेर भागबण्डा गरी लिने गरेका छन् । अधिकांश स्वतन्त्र पत्रकारहरु योग्य भएर पनि ती सम्मान पुरस्कारबाट बञ्चित छन् । यस्तो वातावरण भएकोले स्वतन्त्र पत्रकार भएर बस्नु गाह्रो काम भएको छ । यस्तो वातावरण भएकोले स्तरीय पत्रकारितको विकास र विस्तार भएको छैन । यी सबैको परिप्रेक्षमा नेपाल पत्रकार महासंघले स्थानीय चुवावमा उम्मेदवार भएका पत्रकारिता र राजनीति यी २ डुंगामा एकसाथ बस्न हुँदैन भन्ने सन्देश दिएको छ । पत्रकार पत्रकार नै हुनुपर्दछ र पत्रकार स्वतन्त्र निष्पक्ष र निर्भीक हुनुपर्दछ भन्ने सन्देश यसले दिएको छ । अहिलेको हिसाबले यो ठूलो कुरा हो । महासंघको निर्णय कार्यान्वयन भए केही हदसम्म भए पनि पत्रकारिता राजनीतिक छायाबाट मुक्त हुनेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१