काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ ।
चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको भए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको उक्त सर्वेक्षणमा उल्लेख छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणअनुसार राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ४२।६८, माथिल्लो त्रिशुली थ्री बीको भौतिक प्रगति ६१।५, रसुवागढी आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत, माथिल्लो साञ्जेनको ९३ प्रतिशत, तल्लो साञ्जेनको भौतिक प्रगति ८६ प्रतिशत र मध्यभोटेकोसीको भौतिक प्रगति ८० प्रतिशत बराबर छ ।
सो अवधिमा ५०० घरधुरीमा निःशुल्क बिजुली मिटर जडान र थप पाँच–पाँच जिल्लामा विद्युतीकरण सम्पन्न भएको छ । चालु आवमा उखुको बगासबाट तीन मेगावाट बिजुली र सौर्य ऊर्जाबाट १४ मेगावाट गरी थप १७ मेगावाट बिजुली उत्पादन भएको छ । त्यस्तै, ७२ हजार थान थ्री फेज स्मार्ट मिटर खरिद गरिएको, हालसम्म ४३ हजार ९३० थान प्रतिस्थापन गरी एएमआई प्रणालीमा जोडिएको छ । त्यस्तै, २४ हजार ९३९ थान नयाँ ग्राहकमा जडान भएको छ ।
चालु आवको चैत मसान्तसम्म १७ लाख ५३ हजार ६४२ व्यवसायी स्थायी लेखानम्बर जारी भएको, २९ लाख चार हजार ७७१ व्यक्तिगत लेखा नम्बर, दुई लाख ९० हजार ८२६ मूल्यअभिवृद्धि कर र एक लाख १४ हजार ८८३ अन्तःशुल्कमा दर्ता भएका छन् ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१