पढ्न वञ्चितलाई निशुल्क भर्ना

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७९
ward 10 rajesh Gurung pkr -10

पोखरा । पोखरा–१० का नवनिर्वाचित वडाध्यक्ष राजेश गुरुङले स्कुल जान नसक्ने बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु गर्ने पहिलो निर्णय गरेका छन् ।

स्थानीय तह निर्वाचनपछि निर्वाचित वडाध्यक्ष गुरुङले वडामा २ सामुदायिक विद्यालय रहेको र ती विद्यालयमा जान वञ्चित बालबालिकालाई भर्नाको व्यवस्थापन वडा कार्यालयले गर्ने बताए । ‘स्कुल जानबाट वञ्चित बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना वडा कार्यालयले गर्ने छ,’ उनले वडाको पहिलो निर्णय सुनाउँदै भने ।

पोखरा–१० मा कालिका र कुडहँर प्रावि छन् । ती दुवै सामुदायिक विद्यालय हुन् । ती विद्यालयमा बालबालिका पढाउने जिम्मेवारी वडा कार्यालयले लिने छ । वडामा कति जना बालबालिका स्कुल जानबाट वञ्चित छन् भन्ने यकिन तथ्यांक संकलन गरिने उनले बताए । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई पढ्न वञ्चित नहोस् भन्ने ध्येय वडाध्यक्षले राखेका छन् । वडाध्यक्ष स्वयं लामो समय कालिका माविमा शिक्षण पेसामा आवद्ध थिए । शिक्षण पेशाबाट निवृत्त भएपछि उनी राजनीतिक क्षेत्रमा होमिएका हुन् । टोल विकास संस्थाले सिफारिस आधारमा बालबालिकालाई भर्ना अभियान सुरु गरिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै