कल्याण शेरचन स्मृतिमा लोकदोहोरी प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७९
kalyan serchan 1

पोखरा । लोक स्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको ७५ औं जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरामा साउन १२ देखि १४ गतेसम्म राष्ट्रिय खुला लोकदोहोरी प्रतियोगिता गर्ने भएको छ ।

स्व. शेरचनको प्रिय विधा लोकदोहोरी प्रतियोगिता सम्पन्न गर्न इन्द्रेणी सांस्कृतिक विकास केन्द्रले साथ दिने भएको छ । प्रतियोगिताका लागि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल, गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान लगायतले सहकार्य गर्ने भएका छन् ।

पोखरा सभागृहमा हुने कार्यक्रम सम्पन्न ३९ लाख हाराहारीमा खर्च लाग्ने र ५५ लाख आम्दानी गरी बचत रकमबाट स्व. शेरचनको शालिक बनाउने योजना रहेको कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले बताए ।
प्रतियोगितालाई मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा बिष्टले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न कल्याण शेरचन स्मृति प्रतिष्ठानले विभिन्न १० उपसमिति गठन गरेको प्रतिष्ठानका सचिव जीवन दाहालले बताए । यसअघि शेरचनको जयन्तीमा काठमाडौं र पोखरामा खुला मादलवादन प्रतियोगिता, सारङ्गी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता सञ्चालन भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै