पाेखरा । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको एउटा मोटरसाइकल, गल्याङ नगरपालिकाको चार पाङ्ग्रे सवारी साधन र पर्वतको पैयूँ गाउँपालिकाको चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको हो।
आज पनि सार्वजनिक बिदा भएकाले अनुमति विना सरकारी सवारी साधन सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिइने उनले बताए।
शनिबार नियन्त्रणमा लिइएका सरकारी सवारी साधन आज सार्वजनिक बिदा भएकाले सोमबार मात्रै आवश्यक प्रक्रीया पूरा गरेर फिर्ता गरिने उनले जानकारी दिए।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भई यही जेठ १ गतेदेखि लागू भइसकेकाले सार्वजनिक बिदाका दिनमा प्रशासन कार्यालयबाट जारी भएका पासबाहेकका सरकारी सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरिएको छ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१