डिप्लोमा इन्जिनियर्समा अनिल

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७९
diploma in engineering

पोखरा । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन), कास्कीले शुक्रबार ११ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले अनिलप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमिति उपाध्यक्षमा शिशिर सुवेदी, सचिवमा संकल्प ढुंगाना, सहसचिवमा कृतिक जगन्नाथ लामिछाने, कोषाध्यक्षमा प्रकाश बिसुराल, सदस्यमा विनोद केसी, सरोज पौडेल र सुमन अधिकारी छन् ।

प्रमुख अतिथि कामेश्वरप्रसाद सिंहले डिप्लोमा इन्जिनियर्सको हक अधिकारसँगै पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिए । अनुसन्धानमा आधारित इन्जिनियरिङ ज्ञान तथा प्रविधिको साझेदारीका लागि संयुक्तरुपमा कार्यशाला, गोष्ठी, सम्मेलन गर्न नास्ट र डिन विच सहकार्य भएको उनले बताए । उनले सो सहकार्य नेपालका डिप्लोमा इन्जिनियरको क्षमता विकास गर्न, इन्जिनियरिङ संरचना तथा वातावरण व्यवस्थापनका लागि रणनीति, निर्देशिका तथा आचार संहिता निर्माणका लागि निकै फलदायी भएको भनाइ व्यक्त गरे ।

कृष्णप्रसाद जमरकट्टेलको अध्यक्षता भएको कार्यक्रममा डिनका केन्द्रीय सदस्य दर्पण पोख्रेलले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width