महिलालाई कम्प्युटर तालिम

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७९
training computer

पोखरा । दलित महिला समिति, पोखरा ९ आयोजनामा वडाका दलित महिलालाई निशुल्क कम्प्युटर तालिम दिएको छ ।

वडाका २० जना दलित महिलालाई ३ महिनासम्म सञ्चालित सो तालिममा पोखरा महानगरपालिका गण्डकी प्रदेशको आर्थिक सहयोग र नेशनल कम्प्युटर सेन्टरको बगरको प्राविधिक सहयोग गरेका थिए ।

पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडाले तालिम लिनको लागि मात्र नभई व्यवहारमा उतार्नुपर्ने बताए ।

कार्यक्रममा क्यान महासंघ कास्कीका निवर्तमान अध्यक्ष युवराज पौडेल, वडा सदस्यहरु राममाया मानन्धर र गीता चम्राकार, टोल विकास संस्था समन्वय समिति अध्यक्ष उत्तम जोशीले तालिमपछि स्वरोजगार हुनु पर्नेमा जोड दिएका थिए ।

समिति अध्यक्ष सपना विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष माया दर्जी र संचालन सचिव रविना विकले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै