पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना एवम् नेपाल पर्यटन बोर्ड को प्रवद्र्धनमा पुतलीबजार नगरपालिका वडा न ९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ ।
कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुर्नरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिबृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिनुभयो । तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका क्रममा पोखराबाट गएको पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको टोलीले त्यहाँ सञ्चालित घरवास अवलोकन, दृश्यावलोकनसँगै मिलेनियम ट्रेकको अवस्था लगायतका विषयमा जानकारी लिएको उहाँले बताउनुभयो ।
होमस्टे सञ्चालकलाई तालिम दिदै गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले गाउँका विशेषतालाई पर्यटन बजारमा पु¥याउन सक्नुपर्नेमा जोड दिनुभयो । गाउँ पर्यटनमा होमस्टे(घरवास)को महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले राम्रो आतिथ्यता, सरसफाई एवम् व्यवहारले पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले गाउँका प्रकृति र संस्कृतिलाई पर्यटकीय रुपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक सरिता क्षेत्री, मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्ष नविनप्रकाश गुरुङ, टेवानका महासचिव शोभा न्यौपाने पाण्डे लगायतले मिलेनिमयम ट्रेकका आसपासका प्रकृति र संस्कृतिले भरिपूर्ण गाउँहरूलाई पर्यटकीय रुपमा उपयोग गर्न सकेमा यस क्षेत्रकै समृद्धिमा महत्वपूर्ण सफलता हासिल हुनेमा जोड दिनुभयो । रासस
Related News
सम्बन्धित समाचार
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१