पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल(जीवन) ले समाजका ज्येष्ठ नागरिकको अनुभवलाई अनुशरण गर्नुपर्ने बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ भेडाबारीस्थित वराह माविमा आयोजित ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव पुस्तान्तरण कार्यक्रममा उनले समाजलाई सुसंस्कृति र व्यवस्थित बनाउन अग्रजको अनुभव मार्गदर्शन बन्ने विश्वास व्यक्त गरे ।
सभ्य समाज निर्माणमा अग्रजहरुको अतुलनीय योगदान रहेको चर्चा गर्दै मन्त्री बरालले राज्यका गहनाका रुपमा रहेका ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्दै माया ममताका साथ घरघरमा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए ।
पोखरा वृद्धाश्रमको आयोजना एवं प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा विद्यालयका १० जोड २ का ३७ जना विद्यार्थी र १५ जना ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गरिएको आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।
कार्यक्रममा डा. नील शर्माले ज्येष्ठ नागरिकको स्वास्थ्य रक्षा र दिनचर्या, वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकलाई आयआर्जनमा कसरी जोड्न सकिन्छ र विश्वहिन्दु महासंघका सल्लाहकार शालिकराम सापकोटाले परम्परागत संस्कृतिको जगेर्नामा युवा पुस्ताको भूमिका विषयमा प्रशिक्षण दिएका थिए ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत गोविन्द सापकोटा, प्रशिक्षक डा. अनील थापा, विद्यालयका प्रधानाध्यापक मीनराज अधिकारी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१