लेखनाथ । वेगनासतालमा जलकुम्भी झार नियन्त्रणका लागि शुक्रबारबाट जलकुम्भी सरसफाइ अभियान सुरु गरिएको छ ।
होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ, बेगनासताल मत्स्य व्यवसायी समिति र बेगनासताल डुंगा व्यवसायी समितिको आयोजना एवं नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धनमा कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले अभियानको उद्घाटन गर्दै मानवसिर्जित समस्या र अतिक्रमणका कारण ताल मासिनेक्रम बढ्दै गएकाले होटल व्यवसायी, मत्स्य व्यवसायी, डुंगा व्यवसायी लगायतका सरोकारवालले चासो दिनुपर्ने बताएका थिए ।
होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथका पूर्व अध्यक्ष दुर्गा अधिकारीले नेपाल पर्यटन बोर्डको तर्फबाट प्राप्त १ लाख ७० हजारबाट स्थानीय मत्स्य व्यवसायी एवं डुंगा व्यवसायीहरुलाई दैनिक रुपमा निश्चित ज्याला प्रदान गरी १५ दिनसम्म कार्यक्रम सञ्चालन गरिने बताए ।
सिड फाउन्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापाले २०५८ सालदेखि तालमा जलकुम्भी झार देखिन थालेको बताउँदै २०५९ देखि समस्याको रुपमा आएको बताए ।
कार्यक्रममा वेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारी, वेगनासताल मत्स्य व्यवसायी समिति अध्यक्ष राजेन्द्र जलारी, जलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त पौडेल, वेगनास युवा क्लब अध्यक्ष नीराजन बराल, वेगनासताल महिला समुहकी अध्यक्ष दुर्गादेवी अधिकारी, पिप्ले आमा समूह अध्यक्ष माया जलारीलगायतले बोलेका थिए ।
सरसफाइ प्रयोजनका लागि पर्यटन बोर्डको तर्फबाट प्राप्त २५ थान गमबुट नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले मत्स्य व्यवसायी समिति अध्यक्ष राजेन्द्र जलारीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बेगनासताल डुंगा व्यवसायी समिति अध्यक्ष ढकनाथ कँडेलले स्वागत र कार्यक्रममा सञ्चालन एसोसिएसन महासचिव विनोदमणि लामिछानेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१