पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५ औं राष्ट्रिय महाधिवेशनबाट कास्कीका ३ जना निर्वाचित भएका छन् ।
काठमाडौंमा कात्तिक ९ र १० मा सम्पन्न महाधिवेशनबाट खुला उपाध्यक्षमा वीरबहादुर बुढाथोकी निर्वाचित भए । पोखरा रामबजारको गोल्डेन फ्युचरका उनी प्याब्सन कास्कीका सल्लाहकार हुन् ।
यस्तै, गण्डकी प्रदेश उपाध्यक्षमा प्याब्सन कास्कीका पूर्व अध्यक्ष कृष्णबहादुर केसी निर्वाचित भए । उनी पोखराको चाउथेस्थि पोखरा पब्लिक स्कुलका हुन् । केन्द्रीय सदस्यमा भने लेखनाथको खुदीस्थित गोल्डेन नेचरका प्रेमप्रसाद शर्मा सर्वसम्मत भए । प्याब्सनका निवर्तमान जिल्ला उपाध्यक्ष शर्मा प्रमुख सल्लाहकारसमेत छन् ।
प्याब्सन कास्की अधयक्ष मथुराप्रसाद पौडेलले कास्कीले प्याब्सनको केन्द्रीय तहमा गर्विलो उपस्थिति जनाउनु सुखद भएको बताए । महाधिवेशनले डिके ढुंगानाको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
महाधिवेशनको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका थिए । महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधि सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१