म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।
गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु. एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो ।
ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने दुःखद अवस्था रहेको स्थानीयवासी खम थापाले बताउनुभयो । “तत्कालै आइसियूमा राख्नुपर्ने बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्डर गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो “हेलिकप्टर चार्डर गर्न नसक्ने कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा जादा जादै बाटोमै ज्यान गुमाउनुपरेको छ ।”
दरबन्दी र जनशक्ति नहुँदा उपकरण भएपनि आइसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । आइसियू कक्ष सञ्चालन गर्न कम्तीमा चार जना मेडिकल अधिकृत, दश जना स्टाफ नर्स, दुई जना परामर्शदाता र चार जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारीदिनुभयो । “५० श्यया क्षमताका अस्पतालमा हाल रहेका ७ चिकित्सक र करारका सहित २४ स्टाफ नर्सलाई नियमित सेवा दिन हम्मे परेको छ,” उहाँले भन्नुभयो “आइसीयू चलाउने हो भने मेडिकल, इमरजेन्सी, ओपिडी कक्ष बन्द गर्नुपर्ने अवस्था छ । आधारभूत सेवालाई प्राथमिकता दिनुपर्यो । आइसीयू चलाउने जनशक्तिको दरबन्दीनै छैन् । चलाउन नपाएरै उपकरण बिग्रने होकी भन्ने चिन्ता छ ।”
गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आइसियू कक्ष बनाएर डेढ बर्षअघिनै उपकरण जडान भएका थिए । अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आइसीयू कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
अस्पतालको सबै श्ययामा पलान्टबाट पाइप मार्फत अक्सिजन आपूर्ति गर्ने ब्यवस्था मिलाइएको छ । विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकाले बालबालिका उपचार कक्षको आइसीयूलाई प्रयोगमा ल्याउने तयारी गरिएको हो ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१