स्याङ्जा । स्याङ्जामा कुष्ठरोगका बिरामी १४ जना रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । अघिल्ला केही वर्षमा ५ जना बिरामी देखिएकोमा चालु आर्थिक वर्षमा ९ जना थप भएका कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिइन्।
‘शून्य कुण्ठरोगका लागि हाम्रो प्रतिबद्धता, आत्मसमानका लागि एक्यैबद्धता’ नाराका साथ आइतबार विश्व कुष्ठरोग दिवसमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा प्रमुख शर्माले सो जानकारी दिएकी हुन् ।
उपेक्षित रोगअन्तर्गत पर्ने कुष्ठरोग सर्ने र नसर्ने २ प्रकारका हुन्छन् । माइक्रोब्याक्टेरियम भन्न किटाणुबाट मानिसमा सर्छ । यो रोग लागेमा शरीरमा लाटोफुस्रो दाग देखिने, हात खुट्टा झमझमाउने, कानका लोती बाक्ला हुने, चेतना नभएका दाग तथा घाउ हुनु यसका मुख्य लक्ष्यण रहेको क्षयकुष्ठ अधिकृत विष्णु सुवेदी बताउँछन् ।
उनले थपे, ‘यो रोग लागेमा ९५ प्रतिशत लड्न सक्ने क्षमता हुन्छ । त्यसमा पनि ४ प्रतिशत निको हुन्छ भने १ प्रतिशतमात्र बिरामी हुन्छन् । नेपालमा पनि शून्य दशमलव ६९ प्रतिशत मात्र कुष्ठरोगी छन् ।
१० लाख जनसंख्यामा १ जनाभन्दा कम गर्ने र जन्मेदेखि १४ वर्ष उमेर समूहमा कुष्ठरोग शून्यमा झार्ने सरकारी लक्ष्य छ । २०६६ सालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बर्सेनि ३ हजारका संख्यामा नयाँ रोगी देखिँदै आएको कार्यालयले जनएको छ ।
स्वस्थ्यकर खानपान, आहारविहार, सरसफाइ लगायतमा ध्यान दिँदै जनस्तरसम्म सूचना प्रवाहगरी सबैलाई सचेत गराउन पर्ने जिल्ला समन्वय समिति प्रमुख ऋषिराम आचार्यले बताए । आइतबार नै स्याङ्जामा पहिलो पटक विश्व उपेक्षित रोग दिवस मनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले सूचीकृत गरेका २० प्रकारका उपेक्षित रोगमध्ये नेपालमा डेंगी, कालाजार, हात्तीपाइले, कुष्ठरोग, रेबिज, लुतो, जुका, सर्पका टोकाइ, नाम्ले जुका, ट्राकोमा, चिकेन गुनिया लगायत रोगहरु पर्छन् । कार्यक्रममा स्वास्थ्य अधिकृत मित्रबन्धु अर्याल, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देललगायतले नागरिकस्तरसम्म जनचेतना फैलाउनु पहिलो आवश्यकता रहेकोमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१