धर्म संघ बुद्ध विहारमा चैत्य पुनर्निर्माण

आदर्श समाज सम्वाददाता
माघ १४, २०७८
mandir

पोखरा । पोखरा–२, विन्दुवासिनीस्थित धर्म संघ बुद्ध विहारको चैत्य पुनर्निर्माण गर्न लागिएको छ ।
२०१३ सालमा स्थापित सो विहारको चैत्य जीर्ण भएका कारण हालको सञ्चालक समितिले उक्त चैत्य पुनर्निमाण गर्न लागेको हो । समाजसेवी तथा संस्थाका अध्यक्ष रेवत बज्राचार्य र श्रद्धावान् सदस्यहरुको सहयोगमा चैत्य निर्माण गर्न लागिएको अध्यक्ष तेजेन्द्र शाक्यले जानकारी दिए । डेढ महिनाभित्रै निर्माण सकिने लक्ष्य रहेको ठेकेदार पूर्ण श्रेष्ठले बताए ।
विहारको पुनर्निर्माणको बज्रयानी परम्पराअनुसार क्षमापूजा र स्वस्ति शान्ति गरी शुभारम्भ गरिएको थियो । गुरुजुहरु वृद्धिमान गुरुजु, पञ्चकुमार बज्राचार्य, भुवनराज बज्राचार्य, आशाकाजी बज्राचार्य र मानराज गुभाजुले क्षमापूजा तथा स्वस्ति शान्ति गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width