पोखरा जेसिजमा तालिम

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
jesiss

पोखरा । पोखरा जेसिजको वर्ष २०२२ का पदाधिकारीलाई जिम्मेवारीबोध गराउने उद्देश्यले शाखा पदाधिकारी तालिम सञ्चालन गरिएको छ । पोखरा जेसिजका अध्यक्ष मीनराज खड्काको अध्यक्षतामा शनिबार भएको तालिममा पोखरा जेसिजका पूर्व अध्यक्ष सुवास सिग्देल प्रमुख प्रशिक्षक थिए । कार्यक्रममा उपाध्यक्ष रवीन्द्र गोदारले स्वागत र महासचिव प्रकाश घिमिरेले सञ्चालन गरेका थिए ।
पोखरा जेसिजका अध्यक्ष मीनराज खड्काले जेसिज अभियानलाई अझै प्रभावकारी बनाउन तालिमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले २०२२ लाई सम्पूर्ण रुपमा सफल बनाउन सक्रियताका साथ अघि बढ्न आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width