ट्युव टायर मर्मत व्यवसायी एसोसिएसनमा चन्द्रेश्वर

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
tube tyre

पोखरा । ट्युव टायर मर्मत व्यवसायी एसोसिएसन कास्कीको १५ औं साधारण सभा तथा आठौं अधिवेशनबाट चन्द्रेश्वर बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । उनी यसअघि पनि अध्यक्ष थिए ।
कास्की र तनहुँ जिल्ला समेटिएको सो एसोसिएसनमा ७५ जना व्यवसायी आवद्ध छन् ।
चन्द्रबहादुर लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकार रामचन्द्र बानियाँ र मनोज कार्कीले बोलेका थिए । कार्यक्रममा संस्थाका सचिव योगेन्द्र उपाध्यायले संचालन र उपाध्यक्ष मोहनप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width