प्रहरीद्वारा मास्क वितरण

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
mask

पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ । बिहानीको समयमा तुल्सीघाटमा रहेको पक्की पुल भइ जाने आउने तथा जाने सवारीसाधनका चालक तथा यात्रु, सर्वसाधारणलाई प्रहरी हवल्दार जनक धामीको नेतृत्वमा मास्क वितरण गरिएको हो ।
पछिल्लो समय कोरोनाको प्रकोप बढ्दै गएकोले मास्क अनिवार्य गराउन तथा सचेतनाको लागि अभियान थालिएको सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशीले बताए । पोखरा महानगर सहरी स्वास्थ्य शाखा पोखरा ९ को विशेष सहयोग तथा सामुदायिक सेवा केन्द्र पृथ्वीचोक आयोजनाको सो अभियान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै