पोखरा, २६ पुस । सहारा क्लब पोखरा विशेषगरी फुटबलमार्फत सामाजिक सेवामा समर्पित छ । क्लबले हरेक वर्ष त्यसैका लागि पोखरा रंगशालामा फुटबल खेलाउँछ । १७ वर्षदेखि सहारा क्लब एकेडेमी संचालित छ । त्यहाँ आवासीय सुविधासहित फुटबल खेलाडी उत्पादन गर्ने सहारा मोफसलमै चर्चित क्लब हो।
क्याराभानसहित २१ औं पटकसम्मको आहारारा गोल्डकप निरन्तर छ । कुनै पनि रोकिएको इतिहास छैन । चाहे सशस्त्र द्वन्द्वकालहोस्, चाहे विनासकारी भूकम्प, नाकाबन्दी र पछिल्लो समयको कोरोना महामारी। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ माघ ६ देखि १५ गतेसम्म २० औं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रिक आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारीमा क्लब परिवार लागिपरेको छ । कोरोना महामारीकै बीचमा अघिल्ला २ संस्करण जसोतसो सम्पन्न गरेको सहाराले २० औं संस्करणको अन्तिम तयारीमा रहँदा फेरि कोरोनाको प्रभाव सामना गर्नुपर्ने भएको छ।
सरकार २५ जनाभन्दा बढी सहभागी हुने गरी मेला, भेला तथा महोत्सव लगायत कुनै पनि गतिविधि गर्न रोक लगाउने तयारीमा रहँदा क्लबले स्थानीय प्रशासनको स्वीकृतिमै सामाजिक दूरी कायम गरी प्रतियोगिता सम्पन्न गर्ने जनाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ ले भने, ‘कोरोना प्रभावको बीचमा पनि हामीहरु जसरी पनि प्रतियोगिता गर्ने छौं, रोक्ने छैनौ । पोखरा रंगशालाको फुटबल प्यारापिट १६ हजार दर्शक क्षमता हो । त्यहाँ सोसल डिस्टेन्स कायम गरी ८ हजार दर्शक राख्न सकिन्छ । त्यसको लागि प्रशासनको स्वीकृतिमा अघि बढाउने छौं।’
माघ ६ देखि सुरु हुने २० औं आहारारा गोल्डकपमा १० टिमले भाग लिने छन् ।
क्लबले प्रतियोगिता संचालनबाट बचत हुने रकम सहारा एकेडेमी (हाल परिवर्तित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी) मा खर्चिदै आएको छ । २०६१ सालदेखि विपन्न तथा कठिन वर्गका बालकहरु आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षा, दीक्षा लगायत फुटबल प्रशिक्षण लिंदै आएका छन् । पोखरा–१७, दोबिल्लामा संचालित एकेडेमीमा हाल तेस्रो व्याचमा १४ जिल्लाका २४ जना बालकहरु एकेडेमीमा आश्रित छन् । एकेडेमीको संचालनको मुख्य श्रोत नै फुटबल प्रतियोगिता भएकोले सबै क्षेत्रबाट आ–आफ्नो ढंगले सहयोग गर्नेमा आफूहरु आशावादी रहेको प्रतियोगिता संयोजक केशवराज बरालको भनाइ छ । उनका अनुसार यसपालि पनि विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा गरी १० टिमले भाग लिने छन् । जसमा साविक विजेता संकटा क्लब, विभागीय नेपाल पुलिस, एपिएफ, नेपाल आर्मी, लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्र, दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी, हिमालय शेर्पा, थिस्टार, अमेरिकाको बिवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने छन् । गत वर्षको उपविजेता अफ्रिकन रुट एसोसिसन डाउल्ला, क्यामरुङ हो।
‘आत्मा साक्षि राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित सहारा क्लबले पोखराको पर्यावाचीको रुपमा परिचित छ । यसले सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलिया क्लब जन्माउँदै विदेशमा समेत चर्चित छ । यसपालिको प्रतियोगिताबाट आम्दानी १ करोड ३६ लाख र खर्च १ करोड ६ लाख हुने अनुमान क्लबको छ । जसबाट क्लबले ३० लाख बचत गर्ने लक्ष्य लिएको छ । पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको साथ रहँदै आएको क्लबमा विभिन्न संघसंस्था तथा व्यक्तिले निरन्तर सहयोग गर्दै आएका छन्।
यसपालि सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, इन्टरनेट पार्टनर एयरसन, प्रत्यक्ष प्रसारण ग्यालेक्सी फोके टेलिभिजन, स्पोर्ट वयर पार्टनर एक्सन टेप, अफिसियल एयरलाइन्स बुद्ध एयर छन् । त्यस्तै, सहयोगी राखेप, प्रदेश खेलकुद परिषद् गण्डकी, एन्फा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की छन् भने पोखरा महानगरपालिकाको संयोजन रहेको छ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१