बुटिक एसोसिएसन पोखरामा शान्ति

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
Boutique Association

पोखरा । पोखराका बुटिक व्यवसायीहरूको छाता संगठन बुटिक एसोसिएसन नेपाल, पोखराको अध्यक्षमा शान्ति श्रीसमगर सर्वसम्मत चयन भएकी छन् । ग्लोरी फेसन होमकी सञ्चालिका श्रीस यसअघि उपाध्यक्ष थिइन् ।
एसोसिएसनको शनिबार भएको दोस्रो अधिवेशन तथा पाँचौं वार्षिक साधारणसभाबाट उपाध्यक्ष पिपनदेवी गुरुङ, सचिव श्वेता भट्टराई लम्साल, सह–सचिव लता बराल र कोषाध्यक्ष इन्दिरा लामिछाने सर्वसम्मत चयन भए । सदस्यहरू अमीत बराल, एलिसा क्षेत्री, कल्पना गुरुङ, विना पाइजा, कुसुम केसी र सपना गुरुङ छन् ।
अधिवेशन नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी समिति, गण्डकी प्रदेशकी अध्यक्ष एवं गुरुङ ब्युटि पार्लर एकेडेमीकी प्रबन्ध निर्देशक चिनु गुरुङले महिला उद्यमीहरू संगठित भएर नेतृत्व विकासमा लाग्नुपर्ने बताइन् । थ्री सिस्टर्सकी अध्यक्ष लक्की कार्कीले महिलाहरू उत्पादनमूलक क्षेत्रमा लाग्नुपर्ने बताउँदै व्यावसायिक र उद्यमी बन्नुपर्नेमा जोड दिइन् । सो अवसरमा एसोसिएसनका सदस्य अमीत बरालले पनि बोलेका थिए ।
बुटिक एसोसिएसन नेपाल, पोखराकी निवर्तमान अध्यक्ष सुष्मा थापा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव श्वेता भट्टराई लम्साल र उपाध्यक्ष शान्ति श्रीसमगरले स्वागत गरेका थिए । यसैबीच, एसोसिएसनको सल्लाहकार चिनु गुरुङ, सबि शेरचन र रेणु सुब्बा तथा कानुनी सल्लाहकार अधिवक्ता गिरीधारी सुवेदी चयन भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width