इन्द्रराज्यलक्ष्मीमा खेलकुद

आदर्श समाज सम्वाददाता
पौष २४, २०७८
indra rajya~

हेमजा । पोखरा–१६, लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम भएको छ । बिहीबार र शुक्रबार गरी सञ्चालन भएको कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले गरे । उनले रिले दौडका विद्यार्थीलाई अंक प्रदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा आधारभूत तह अन्तर्गत तातो आलु, बेलुन फुटाइ, मेमोरी खेल, फुटबल, कुर्सी दौड, चम्चा दौडलगायतका प्रतियोगिता गरिएको थियो । यस्तै माध्यमिक तहमा अन्तर सदनात्मक छात्र÷छात्रा फुटबल, भलिबल,२ सय र ४ सय मिटर दौड, कुर्सी दौड, टेबल टेनिसलगायत विविध कार्यक्रम सम्पन्न गरिएको शिक्षक सीता पौडेल तिमिल्सिनाले जानकारी दिइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारी, प्रधानाध्यापक केशवप्रसाद अम्गाईं, सहायक प्रधानाध्यापक पूर्णभद्र अधिकारीलगायतले खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, मानसिक तथा चौतर्फी विकासका लागि सहयोग पुग्ने औंल्याए । खेलकुद कार्यक्रमको संयोजन मावि इन्चार्ज एवं खेलकुद कार्यक्रम संयोजक बलबहादुर श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width