पोखरा । गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, छोरेपाटनको १२ औं साधारण सभा भएको छ ।
क्याम्पसका संस्थापक सल्लाहकार क्या. खड्गबहादुर शाहीले सभा उद्घाटन गर्दै गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताए ।
सभामा बोल्दै क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्राडा भूपति ढकाल ‘कमल’, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा दिलबहादुर क्षत्री, क्याम्पस संस्थापक अध्यक्ष खगराज शर्मा आचार्य, गुफाका वरिष्ठ उपाध्यक्ष गोपाल बराल, पश्चिमान्चल इन्जिनियरिङ क्याम्पस प्रमुख इ.निर्मल बराल, छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मी लगायतले शैक्षिक संस्थाको भौतिक संरचना सहित गुणस्तरीय शिक्षामा जोड दिए ।
पर्यटकीयस्थल गुप्तेश्वर गुफाको अवलोकनमा आउने पर्यटकलाई बिक्री गरेको टिकटबाट संकलित रकमले स्थापना गरी सञ्चालनमा आएको सो क्याम्पसका विभिन्न संकायमा ७ सय ७२ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ५ सय ७ छात्रा छन् ।
गुप्तेश्वर गुफाले खरिद गरेको लगभग ६ रोपनी जग्गामा लगभग सभा ६ करोड रुपैयाँ लागतमा ३ तलाको ३५ कोठे नवनिर्मित सुविधासम्पन्न भवनमा पठनपाठन सुरु गरेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा टंकराज अधिकारीका अनुसार क्याम्पसमा हाल बिएड, बिबिएस, एमबिएस, बिएचएम र बिआईएमको पढाइ भइरहेको छ ।
गत आवमा कुल आम्दानी ४ करोड ५ लाख र खर्च ३ करोड ५९ लाख भएको संस्थाका कोषाध्यक्ष ज्ञाज शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार ६७ लाख २३ हजार शुल्क उठ्न बाँकी छ । सो अवसरमा लेखा समितिका संयोजक ईश्वरीप्रसाद लम्सालले लेखा प्रतिवेदन तथा ज्ञात शर्माले विधान संशोधन मस्यौदा २०७८ प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१